कर्पोरेट

'सेञ्चुरी डिबेन्चर २०८८' नेप्सेमा सूचिकृत

इकागज |
असार १६, २०७९ बिहीबार १८:४८ बजे

काठमाडौँ - सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड बीच १० वर्ष अवधि तथा वार्षिक १०.५०% व्याजदर भएको “सेञ्चुरी डिबेन्चर २०८८” डिबेन्चर ऋणपत्र (सिसिबिडि८८) को सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सर्वसाधारण समक्ष धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि विक्री आव्हान गरेको थियो ।


सर्वसाधारणमा वितरण गरिएको २२ लाख कित्ता ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम १५ गतेको निर्णयानुसार उक्त ऋणपत्र स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएको छ । 


Author

थप समाचार
x