सिनेमा

‘फास्ट एन्ड फ्युरियस १०’मा भित्रिइन् ब्रि लार्सन

इकागज |
चैत २७, २०७८ आइतबार १२:१३ बजे

लसएन्जल्स - ‘फास्ट एन्ड फ्युरियस’को दसौँ शृंखलामा ब्रि लार्सनको प्रवेश भएको छ । निर्मातासमेत रहेका अभिनेता भिन डिजेलले शनिबार फिल्ममा ब्रिको प्रवेश भएको जानकारी गराएका हुन् । 

उनले इन्स्टामा लामो स्ट्याटस लेख्दै फिल्मको शृंखलामा स्वागत गरेको जनाएका हुन् ।  ‘क्याप्टन मार्भल’को भूमिका निर्वाह गर्दै आएकी ब्रि अस्कर विजेतासमेत हुन् । भिनले फिल्ममा ब्रिको चरित्रको बारेमा भने खुलाएका छैनन् । 


आउँदो वर्षको मे १९ मा रिलिज हुने फिल्मको सुटिङ अझै सुरु भएको छैन । तर अब फिल्ममा ब्रिबाहेक जोसन ममुवा पनि नयाँ अनुहार हुनेछन् । पछिल्ला केही फिल्मको हिस्सा रहेका रकले भिन डिजेलसँग काम गर्न अस्वीकार गरेपछि भिनले उनको ठाउँमा जोसनलाई ल्याएका थिए ।

जस्टिन लिनले निर्देशन गर्ने यो फिल्ममा बाँकी कलाकार अघिल्लो शृंखलाकै रहनेछन् । दसौँ र एघारौँ भाग पछि यो शृंखलाको अन्त्य हुने जनाइएको छ । 
 


Author

थप समाचार
x