सिनेमा

२० वर्षपछि फेरि बेन र जेनिफरको इंगेजमेन्ट

इकागज |
चैत २६, २०७८ शनिबार १४:४३ बजे

लसएन्जल्स - पहिलो इंगेजमेन्ट गरेको २० वर्षपछि फेरि बेन एफलेक र जेनिफर लोपेजले इंगेजमेन्ट गरेका छन् । ‘गिग्ली’को २० वर्षअघि सेटमा माया प्रीति साटेका बेन र जेनिफरको जोडीले सन् २००२ मा इंगेजमेन्ट गरेका थिए । 

तर इंगेजमेन्ट विवाहमा परिणत हुनुअघि नै दुवैको छुट्टानाम भएको थियो । यसको १८ वर्षपछि पुन ः दुवैको रोमान्स सुरु भएको थियो । सन् २०२१ मा उनीहरूले आफूहरू फेरि एक पटक प्रेममा रहेको जनाऊ दिएका थिए । 


५२ वर्षीया लोपेजले हरियो रङको औंठीको झलक सामाजिक सञ्जालमा राख्दै आफूले बेनको नामको औँठी लाएको संकेत गरेकी छिन् । योबाहेक उनले आफू नजिकका साथीलाई इमेल गर्दै बेनसँग आफूले टीकाटालो गरेको बताएको पनि म्युजिक डटकममा खबर छ । 

इंगेजमेन्ट भएको दुई वर्षपछि जेनिफरले बेनसँग नाता तोडेर मार्क एन्थोनीसँग सोही साल विवाह गरेकी थिइन् । मार्कको तर्फबाट उनका दुई सन्तान छन् । यसैगरि, बेनले भने सन् २००५ मा जेनिफर गार्नरसँग विवाह गरेका थिए । यी जेनिफरबाट बेनका तीन सन्तान छन् । लोपेजभन्दा बेन तीन वर्ष कान्छा छन् । 


Author

थप समाचार
x