सिनेमा

‘वेस्ट साइड स्टोरी’ अभिनेत्री राचेलले पाइनन् अस्करमा निम्ता

इकागज |
चैत ७, २०७८ सोमबार १३:४७ बजे

लसएन्जल्स - ‘वेस्ट साइड स्टोरी’ अभिनेत्री राचेल जेगलरले अस्कर अवार्डबाट आफूलाई निम्ता नआएको बताएकी छिन् । जबकि यो फिल्म अस्करमा ७ विधामा मनोनयनमा छ । 

राचेलले आइतबार सामाजिक सञ्जालमा तस्बिरहरू राख्दै वर्षको मध्य राम्रैसँग बितेको क्याप्सन राखेकी थिइन् । ती फोटोमा कमेन्ट गर्ने क्रममा एक फ्यानले उनलाई अस्करको रेड कार्पेटमा देख्ने प्रतीक्षामा रहेको बताएका थिए । फ्यानको कमेन्टमा उनले आफूलाई निम्ता नै नआएकी बताएकी हुन् । सँगै उनले अस्करमा आफ्नै घरको बैठकमा बसेर हेर्ने पनि बताएकी थिइन् । 


उनले निम्ता नपाएको बताएपछि कमेन्ट सेक्सन अस्कर अवार्डलाई गरिएका गालीले भरिएका थिए । उनले तिनमा पनि प्रतिक्रिया दिँदै आफूलाई पनि नरमाइलो लागेको तर तीन वर्ष गरेको अथक मेहनतले अस्करसम्मको यात्रा तय गरेकोमा खुसी लागेको बताएकी थिइन् । 

अस्करले हरेक विधामा मनोनयमा परेकालाई दुइटा टिकट र बाँकी टिकट फिल्म प्रडक्सन कम्पनीलाई बाँड्ने गरेको छ । यो फिल्मलाई डिज्नेले निर्माण तथा वितरण गरेको हो । राचेलले जनवरीमा भएको एउटा अवार्डमा यही फिल्मबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् । राचेल अभिनेत्रीको विधामा कोलम्बियाबाट कलिलो उमेरमा अवार्ड जित्ने पहिलो अभिनेत्री बनेकी थिइन् । 


Author

थप समाचार
x