सिनेमा

शिव श्रेष्ठलाई नफापेको महामारी

इकागज |
कात्तिक १४, २०७८ आइतबार १६:४० बजे

काठमाडौँ- भुवन केसीले महानायकको असली हकदार शिव श्रेष्ठ भएको दाबी गरे पनि बक्स अफिसले भने उनको स्टार पावरमा खासै भरोसा देखाएन । महामारीपछि उनका दुई फिल्म रिलिज भए तर दुवै फिल्मले न्युनतम दर्शक पनि पाएनन् ।

पहिलो महामारीपछि शिव श्रेष्ठले हल खुलाउने निर्णयको नेतृत्व मात्र लिएनन्, फिल्म उद्योगलाई चलायमान बनाउने भन्दै उनले आफूले निर्माण गरेको ‘एउटा यस्तो प्रेम कहानी’ पनि रिलिज गरे । तर, सुटिङ नै पूरा नगरी हलमा लागेको फिल्मलाई दर्शकले पत्याउने कुरै थिएन । पत्याएनन् पनि । 


महामारीपछि दर्शक हलमा बोलाउने चुनौती कायम नै छ । त्यही कारण आफ्नो फिल्मले उद्योग नै परिवर्तन गर्छ भनेर गफ दिने फिल्मकर्मीले पनि फिल्म रिलिज गर्ने हिम्मत गर्न सकेका छैनन् । तर पनि मारामार दर्शक नआए पनि धेरथोर दर्शक शिव श्रेष्ठ सम्झेर नै आउनु पर्ने थियो । आएनन् । 

संयोगवश दोस्रो चरणको महामारीपछि पनि हलमा लाग्ने फिल्म शिव श्रेष्ठकै पर्यो । तर यो पटक फिल्म चलाउने जिम्मेवारी शिव श्रेष्ठ एक्लैले बोक्नु परेको थिएन । ‘डाँडाको बरपिपल’नामको यो फिल्मका निर्देशक शोभित बस्नेत आफैँ बिकाउ नाम थिए भने फिल्ममा गौरी मल्ल, सलोन बस्नेत र अतिथि भूमिकामा भुवन केसी पनि थिए ।

अझ रिलिजको समयमा महानायक विवाद उचालिएपछि त विवादले नै सही फिल्मलाई फाइदा पुग्ने अनुमान थियो । तर यस पटक भने दर्शकले शिव श्रेष्ठको फिल्मलाई दर्शकले पत्याएनन् । दर्शक नपाएरै फिल्म हलमा हप्ता दिन पनि टिक्न सकेन । अरु बेला दर्शकले शिव श्रेष्ठको भरोसा गरेकै हुन् तर महामारीमा भने शिव श्रेष्ठलाई दर्शकले पत्याएनन् । समग्रमा भने शिवलाई महामारी फापेको देखिएन । 


Author

थप समाचार
x