सिनेमा

‘तनु वेड्स मनु’को तेस्रो भाग बनाउने कंगनाको घोषणा

इकागज |
कात्तिक १०, २०८० शुक्रबार १४:२८ बजे

मुम्बई-  एकपछि अर्को गर्दै फ्लप फिल्म दिइरहेकी कंगना रनावतले ‘तनु वेड्स मनु’को तेस्रो भाग बनाउने तयारी भइरहेको बताएकी छिन् । नयाँ फिल्म ‘तेजस’को रिलिजको पूर्व सन्ध्यामा उनले ‘तनु वेड्स मनु’को सिक्वेल बनाउने बताएकी हुन् । 

आनन्द एल राय निर्देशित दुई शृंखला हिट भएका थिए । आर माधवन र कंगनाको मुख्य भूमिका रहेको फिल्मलाई दर्शकसँगै समीक्षकले पनि रुचाएका थिए । एउटा हिटको खोजीमा रहेकी कंगनाले अहिले यही शृंखला ब्युँताउने घोषणा गरेकी हुन् ।


२०१४ यता कंगनाका कुनै पनि फिल्म हिट भएका छैनन् । यो क्रममा आश गरिएका ‘रंगुन’,‘धाकड’, ‘पंगा’ ‘थलाइवा’ कुनै पनि फिल्मले गतिलो व्यापार गरेका छैनन् । अझ २ सय करोड हाराहारी लगानी भएका ‘धाकड’ जस्ता चलचित्रले त जम्मा ७ करोडको व्यापार गरेका थिए ।

शुक्रबारदेखि रिलिज भएको कंगनाको ‘तेजस’ले पनि सोही लय कायम राखेको समाचारमा बताइएको छ । फिल्मले पहिलो दिन १ करोड पनि कमाउन पनि गाह्रो हुने व्यापार विश्लेषकको अनुमान छ । कंगनाका भर्खरै ‘चन्द्रमुखी’ र ‘टिकु वेड्स सेरु’ पनि फ्लप भएका थिए । 


Author

थप समाचार
x