सिनेमा

रजनीकान्तलाई उछिन्दै विजयले राखे नयाँ रेकर्ड

इकागज |
कात्तिक ३, २०८० शुक्रबार १२:२२ बजे

मुम्बई-  भारतमा हरेक महिना फिल्मका नयाँ नयाँ रेकर्ड बनिरहेका छन् । बलिउडमा शाहरुख खानले कमाइका मामलामा आफ्नै फिल्मको रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएका छन् । उनले ‘पठान’ले बनाएको रेकर्ड ‘जवान’मा तोडेका छन् । यता दक्षिण भारतीय फिल्म उद्योगमा पनि रेकर्ड बन्ने टुट्ने क्रम जारी छ ।

अघिल्लो महिना मात्र रजनीकान्तको नयाँ फिल्म ‘जेलर’ तमिल फिल्ममध्ये पहिलो दिन सबैभन्दा बढी कमाइ गर्ने फिल्मको रेकर्ड बनाएको थियो । तमिल अभिनेता विजयको ‘लियो’ले बिहीबार यो रेकर्ड तोडेको खबर छ । फिल्मले पहिलो दिन नै १ सय ४० करोड कमाइ गरेको छ । कतिले यो आँकडा १ सय ४५ करोड भएको पनि उल्लेख गरेका छन् । व्यापार पण्डितको अनुमान अनुसार फिल्मले भारतमा ७४ करोड र विदेशमा ६६ करोड कमाइ गरेको हो । अझ भारतका तीन ठूला मल्टिप्लेक्सले यो फिल्म रिलिज गरेका थिएनन् ।


‘जेलर’ले पहिलो दिन ७२ करोडको कमाइ गरेको खबर सार्वजनिक भएका थिए ।भारतबाटै पहिलो दिन धेरै कमाइ गर्ने मामलामा ‘लियो’ले ‘आदिपुरुष’ र ‘जवान’लाई उछिनेको बताइएको छ । ‘आलिपुरुष’ १ सय ३५ करोड हाराहारी कमाइ गरेको थियो भने ‘जवान’ले १ सय २९ करोड ।


Author

थप समाचार
x