सिनेमा

'कौसीद'को 'सपनाको घर' सार्वजनिक

इकागज |
असोज २५, २०८० बिहीबार १६:२२ बजे

काठमाडौं -  यही शुक्रबार (असोज २६) बाट प्रदर्शनमा आउन लागेको फिल्म 'कौसीद'मा समावेश गीत 'सपनाको घर' सार्वजनिक भएको छ । दुःखबाट बाहिर निस्केर सुखी जिन्दगीको सपना बुनेको एक परिवारको कथालाई गीतमा प्रस्तुत गरिएको छ ।

सार्वजनिक लिरिकल भिडियोसहितको गीतमा स्वर आशिष रोक्काको छ । शब्द तथा संगीत पनि आशिषले नै तयार पारेका छन् । गीतको लिरिकल भिडियोमा प्रमुख कलाकार भोलाराज सापकोटा र ऋचा शर्मासँगै उनिहरूको फिल्मी परिवारलाई देखाइएको छ । कुमार भाष्करको निर्देशनमा बनेको यो फिल्ममा रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सन्दीप लोहनी पनि मुख्य अभिनयमा छन् ।

केदार भुसालको निर्माणमा तयार भएको यो फिल्मको कार्यकारी निर्माता दिमेश श्रेष्ठ र सह-निर्माता लक्ष्मण बानियाँ हुन् । यो फिल्मको कथा लेखन नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । निसाल पौडेलले छायांकन गरेको फिल्ममा भिम विश्वकर्माको सम्पादन छ ।

बड पिक्चर्सको ब्यानरमा तयार भएको फिल्मलाई आर आर फिल्मस् ले वितरण अधिकार लिएको छ । यो फिल्मले वित्तिय ऋणको चपेटामा परेको एक शिक्षकको परिवारको कथा बोल्छ ।

 



Author

थप समाचार
x