सिनेमा

नयाँ वर्षलाई रामबाबु गुरुङको ‘डिग्री माइला’

इकागज |
साउन २९, २०८० सोमबार ९:४१ बजे

काठमाडौँ - दयाहाङ राईको अभिनय रहने ‘डिग्री माइला : एम ए थर्ड क्लास’को प्रदर्शन मिति तोकिएको छ । लेखक तथा निर्देशक रामबाबु गुरुङले सोमबार फिल्मको नाम सार्वजनिक गर्दै फिल्म आउँदो नयाँ वर्षका दिन प्रदर्शन हुने घोषणा गरेका छन् । गुरुङले सुटिङ डिटेल र कलाकारको लाइनअप भने सार्वजनिक गरेका छैनन् । यो फिल्ममा दयाहाङ राई तय भए पनि बाँकी कलाकार सार्वजनिक गरिएको छैन ।

‘डिग्री माइला’ आजभन्दा ११ वर्षअघि दयाहाङ राईले नै सिर्जना गरेको पात्र हो । २०६९ सालमा पहिलोपल्ट मञ्चन भएको नाटकलाई दयाहाङले निर्देशन गरेका थिए । सायद अशोकको लेखन रहेको नाटकले काठमाडौँमा डिग्री पास गरेर पनि बेरोजगार बनेर गाउँ फर्किएको माइलाले गाउँलेलाई देखाउने अनेक असम्भव सपनाको कथा प्रस्तुत गर्थ्यो । 



Author

थप समाचार
x