सिनेमा

वरुण धवन र जान्हवीको ‘बबाल’ सन् २०२३ मा धेरै हेरिनेमा दोस्रो

इकागज |
साउन २७, २०८० शनिबार १४:२९ बजे

मुम्बई - सम्बन्धलाई नाजी क्याम्पसँग तुलना गरेको भन्दै विवादमा परेको ‘बबाल’ अमेजन प्राइममा सबैभन्दा धेरै हेरिने फिल्मको दोस्रो नम्बरमा परेको छ । तथ्यांक भारतको सूचीलाई आधार मानी सार्वजनिक गरिएको हो ।

एक महिनाअघि सार्वजनिक भएको फिल्मलाई ‘दंगल’ निर्देशक नितेश तिवारीले निर्देशन गरेका हुन् । फिल्मले आफूलाई भयंकर दाबी गर्ने अजय दीक्षित नामको चरित्रको कथा प्रस्तुत गर्छ जो स्कुलको कारबाहीबाट बच्न युरोप यात्रामा निस्कन्छ ।


चलचित्रमा वरुण धवनले यो चरित्र निर्वाह गरेका छन् भने जान्हवी कपुर उनकी श्रीमति बनेकी छिन् । हर सम्बन्ध हिटलर नाजी क्याम्पको जस्तो यातनाबाट गुज्रनु पर्छ भन्ने संवादका कारण चलचित्र विवादमा परेको थियो ।  


Author

थप समाचार
x