सिनेमा

ग्रेटा गेरविग बनिन् हलिउडमा सबैभन्दा बढी कमाउने फिल्मकी निर्देशक

इकागज |
साउन २७, २०८० शनिबार १२:५२ बजे

लसएन्जल्स - ग्रेटा गेरविग निर्देशित फिल्म ‘बार्बी’ले हरेक हप्ता नयाँ रेकर्ड कायम गरिरहेको छ । बक्स अफिसमा तुफान मच्चाइरहेको यो फिल्मले अघिल्लो हप्ता एक अर्ब उमेरिकी डलर कमाइ गरेर रेकर्ड राखेको थियो । यो हप्ता कमाइको शृंखला जारी राख्दै फिल्मले नयाँ इतिहास रचेको छ ।

हलिउड रिपोर्टरका अनुसार यो फिल्मकी निर्देशक ग्रेटा गेरविग सबैभन्दा बढी कमाइ गर्ने फिल्मकी महिला निर्देशक बनेकी छिन् । यो क्रममा उनले ‘फ्रोजन २’का निर्देशक जेनिफर ली र क्रिस बकलाई उछिनेकी हुन् ।


वाल्ट डिज्नेले सन् २०१९ मा रिलिज गरेको यो फिल्मले ४ सय ७७ मिलियन डलर कमाइ गरेको थियो । ‘बार्बी’ले बिहीबारसम्ममा ४ सय ९२ मिलियन कमाइ गरेको छ । यो विकेन्ड सकिँदा फिल्मले ५ सय मिलियन कमाइ गर्ने पक्का भएको छ । योसँगै फिल्म घरेलु बजारबाट मात्र ५ सय मिलियन कमाइ गर्ने २० औँ फिल्म बनेको छ । 
गेरविगले लाइभ एक्सन विधाको फिल्ममा पनि रेकर्ड कायम गरेकी छिन्  ।
 


Author

थप समाचार
x