सिनेमा

‘रंगेली ग्याङस्टर’मा थपिए दया र प्रविन, फेरि पर्दामा दया र मिरुनाको जोडी

इकागज |
साउन १८, २०८० बिहीबार ११:१५ बजे

काठमाडौँ -  दयाहाङ राई बिना निर्माता\निर्देशक फिल्म बनाउने कल्पनै गर्न छाडेका छन् । सुटिङ भइरहेका र सुटिङ हुन बाँकी रहेका गरी दया अर्को सालसम्मलाई प्याक छन् तर निर्माता\निर्देशकले उनलाई पछ्याउन छाडेका छैनन् ।

दया अहिले ‘हात्तीछाप’को सुटिङ गरिरहेका छन् जबकि दीपक रौनियार ‘राजागञ्ज’का लागि उनको बाटो कुरिरहेका छन् । यसपछि दयाले रामबाबु गुरुङका लागि समय छुट्याएका छन् । यसपछिको समय उनले ‘कार्साङ’का लागि छुट्याएका छन् । तर यही बीचमा उनले अर्जुन सुवेदीको निर्देशन रहने ‘रंगेली ग्याङस्टर’ पनि खेल्ने सम्झौता गरेका छन् ।


कार्यकारी निर्माता जितेन्द्र खतिवडाले फिल्मका लागि दयाहाङसँगै प्रविन खतिवडालाई अनुबन्ध गरेको जानकारी गराए । यो फिल्मका लागि अर्पण थापा र मिरुना मगर पहिले नै फाइनल भइसकेका थिए । फिल्ममा दयाको प्रवेशसँगै यो फिल्ममा पनि दया र मिरुनाको जोडी रहने बताइएको छ ।

‘जारी’को सफलतापछि दया र मिरुनाको जोडी बजारमा डिमान्डेड छ । मोरङको रंगेलीमा सुटिङ हुने फिल्मका लागि बाँकी कलाकार निर्माण टिमले शनिबार अडिसनमार्फत छान्दैछ । शनिबार इटहरीमा फिल्मका बाँकी कलाकारका लागि अडिसन हुँदैछ ।


Author

थप समाचार
x