सिनेमा

‘ओप्पनहेइमर’को अन्तरंग दृश्यमा भागवत गीता देखाए पछि विराेध

इकागज |
साउन ७, २०८० आइतबार १६:३३ बजे

मुम्बई -  क्रिस्टोफर नोलनको फिल्म  ‘ओपेनहाइमर’ मा एक इन्टिमेट सिनमा भागवत गीता देखाएको भन्दै विवाद सुरु भएको छ । वास्तवमा फिल्मको एक अंतरंग दृश्यमा मुख्य अभिनेता सिलियन मर्फी भागवद गीता पढिरहेको देखाए पछि विवाद सुरू भएको हो ।


यो दृश्यप्रति दर्शकले आपत्ति जनाएका छन् । सामाजिक सञ्जालका केही प्रयोगकर्ताहरूले यो दृश्य निकै आपत्तिजनक रहेको बताउँदै हटाउनु पर्ने माग गरेका छन् । ‘यो हाम्रो धार्मिक ग्रन्थको अपमान हो’ उनीहरूले भनेका छन । 



केही प्रयोगकर्ताहरूले भने यसको लागि भारतीय सेन्सर बोर्डलाई जिम्मेवार ठहराए। 'सेन्सर बोर्डले कसरी सिनेमा हलमा रिलिज गर्न अनुमति दिएको हो ? 'उनीहरूले प्रश्र गरेका छन् । यस्तो दृश्य पास गर्ने बोर्डका सदस्यले लाज मान्नु पर्ने पनि उनीहरूले लेखेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘यस्तो अन्तरंग दृश्यको के आवश्यकता थियो ? एक अद्भुत फिल्म हो तर म यो दृश्य देखेर धेरै निराश भएँ।


अर्का प्रयोगकर्ताले टिप्पणी गरे, ‘ओपेन हाइमरको एउटा दृश्यमा एक नग्न केटीले गीता ल्याउँछिन् र त्यसपछि ओपेनहाइमरले इन्टिमेट सिनको बेला पढ्छिन्। मेरो विचारमा यो धेरै अपमानजनक छ।’


यसअघि फिल्म समीक्षक सुचित्रा त्यागीलाई दिएको अन्तर्वार्तामा सिलियनले भागवत गीताको उल्लेख गरेका थिए । उनले भनेका थिए, ‘यस चरित्रको तयारीका लागि मैले भगवद् गीता पढेको थिएँ । मलाई यो धेरै प्रेरणादायक लाग्यो।’


यो फिल्म वैज्ञानिक जे रोबर्ट ओपेनहोइमरको जीवनमा आधारित छ । ओपेनहाइमरलाई हिन्दू महाकाव्यमा ठूलो चासो थियो। यस्तो अवस्थामा रियल लाइफको सन्दर्भलाई लिएर निर्देशकले भागवत गीताका उद्धरणहरू पनि फिल्ममा समावेश गरेका छन् ।
 


Author

थप समाचार
x