सिनेमा

पललाई अतिथि बनाउँदा सन्दीप क्षेत्रीको कार्यक्रम नै बन्द

इकागज |
साउन ४, २०८० बिहीबार १५:२८ बजे

काठमाडौँ - पल शाहलाई अतिथि बनाउँदा सन्दीप क्षेत्रीको हास्य कार्यक्रम ‘ह्वाट द फ्लप’ बन्द भएको छ । कान्तिपुर टेलिभिजन प्रशासनले पल अतिथि रहेको कार्यक्रमको प्रसारण सम्पादकीय नीतिविरुद्ध रहेकाले कार्यक्रम नै बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

होस्ट सन्दीप क्षेत्रीले अभिनेता पल शाहलाई अतिथि बनाएर लिएको अन्तर्वार्ता गत असार २३ मा प्रसारण भएको थियो । कार्यक्रममा पल शाहले जेल जीवनका घटना हँस्यौला पारामा सुनाएका थिए भने सन्दीपले झन् उक्साई उक्साई सोधेका थिए ।शृंखला युट्युबमा आउने बित्तिकै कार्यक्रम र शैलीको सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । यसको प्रतिक्रियामा टेलिभिजनले यो शृंखला युट्युबबाट निकालेको थियो ।


उता आफूले बोलेको कुराको चर्को आलोचना भएपछि पल शाहले सामाजिक सञ्जालमा गरिने टिप्पणीले आफूलाई असाध्यै गाह्रो भएको र रत्नपार्कमा गएर आत्मदाह गर्ने अवस्था आएको स्ट्याट्स लेखेका थिए । उनको यो स्ट्याटसको पनि आलोचना भएको थियो । 


Author

थप समाचार
x