सिनेमा

'कमेडी क्लब  विथ च्याम्पियन' बन्द, कमेडी च्याम्पियन चालु

इकागज |
साउन २, २०८० मंगलबार १५:१८ बजे

काठमाडाैं -  बहुचर्चित कमेडी सो 'कमेडी क्लब  विथ च्याम्पियन' बन्द हुने भएकाे छ ।  साे च्याम्पियनका प्रमुख  विशाल भण्डारीले त्यसबारेमा जानकारी दिएका छन । उनले केही समय विश्राम गरेर पुन: फर्कने वाचा गरेका छन् । ​साे कमेडी सोका ६९ श्रृखंलाहरू प्रसारण भइसकेका छन् । उनले सामाजिक सञ्जालमा सो बन्द हुन लागेको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छनः  यो १६ महिनाको हाम्रो यात्रा निकै रोमांचक थियो । कतिपय एपिसोडमा हामी हसाउन सफल भयौं भने कतिमा भएनौ पनि तर दर्शकको मायामा कहिलै कमी आएन । यही उर्जाले काम गर्दा गर्दै सुरुवातको वर्षनै Best Popular Tv Show को Award जित्न पनि सफल भयौं । यस्को श्रेय कलाकार, लेखक,क्रियटिम टिम, Three Production team, Key advertising, Key Entertainment team र मुख्य गरेर दर्शकको माया लाई जान्छ । 

६९ Episode को यो यात्राले थकित हाम्रो टिमलाई केही समयको लागि छोटो Break लिन आवश्यक देखेर Team Comedy Club With Champions तपाईको TV SCREEN मा देखिने छैनौं। तर हामी चॉडै छोटो विश्राम पछि Recharge भई सुरुवाती उर्जामै फर्केर यहाहरुलाई हासोको फोहरा छुटाउन अवश्य आउने छौं । तव सम्मलाई हाम्रो टिम Comedy Champion season 3 लिएर चॉडै ऑउदै छौं। माया र साथ कायम रहोस् । हाँस्ने र हसाउने क्रम जारी रहने छ । 
धन्यवाद । 


कमेडी च्याम्पियनको डिजिटल अडिसन चलिरहेको छ । अडिसनपछि छानिएका प्रतिभालाई लिएर सिजन ३ प्रसारणा गर्ने उनीहरुको तयारी छ । पहिलो सिजनमा हिमेश पन्त विजेता भएका थिए भने दोस्रो सिजन भरतमणि पाैडेलले जितेका थिए ।

 


Author

थप समाचार
x