सिनेमा

‘ये जवानी है दिवानी’को सिक्वेल बन्ने रनवीरको संकेत

इकागज |
बैशाख २४, २०८० आइतबार १४:० बजे

मुम्बई - प्रेमकथा नखेल्ने घोषणा गरेका रनवीर कपुरले आफैँले खेलेको ‘ये जवानी है दिवानी’को सिक्वेल बन्न सक्ने संकेत गरेका छन् । हालै एउटा मिडिया साक्षात्कारमा उनले निर्देशक अयान मुखर्जीसँग फिल्मको कथा तयार रहेको तर ‘ब्रम्हास्त्र’को काम सुरु भइसकेकाले सिक्वेल बन्न नसकेको बताएका थिए ।

‘अयानसँग सिक्वेलका लागि चाहिने मीठो कथा छ । सिक्वेलले १० वर्षपछि फिल्मका चरित्रको ताजा अवस्थालाई प्रस्तुत गर्छ । यो एउटा रोचक सिक्वेल बन्न सक्छ भन्ने लाग्छ,’उनले भने । 


रनवीर, दीपिका पादुकोन, आदित्य रोय कपुर र कल्कि कोचलिनको मुख्य भूमिका रहेको फिल्मले यात्राका क्रममा अंकुरित हुने कथा प्रस्तुत गर्छ । गीत संगीत सुपरहिट भएको फिल्मले बक्स अफिसमा २ सय करोड हाराहारीका व्यापार गरेको थियो ।

रनवीरले भर्खरै ‘एनिमल’को सुटिङ सकाएका छन् भने ‘ब्रम्हास्त्र ’ सिक्वेलको सुटिङ भइरहेको छ । रनवीर अभीनित ‘तु झुठी मैं मक्कार’ले २ सय करोड हाराहारी व्यापार गरेको छ । यही फिल्मको प्रचारका क्रममा रनवीरले प्रेमकथा श्रेणीका फिल्म नगर्ने बताएका थिए । 


Author

थप समाचार
x