सिनेमा

मेट गालामा प्रियंकाले लगाएको नेकलेसको मूल्य २ अर्ब ४ करोड

इकागज |
बैशाख २१, २०८० बिहीबार १२:४२ बजे

 लसएन्जल्स – भर्खरै अमेरिकामा सम्पन्न फेसन इभेन्ट मेट गालामा श्रीमान् निक जोनसका साथ पुगेकी प्रियंका चोपडाले लगाएको नेकलेसले समाचारमा ठाउँ पाएको छ । कालो गाउनमा सजिएर मेट गाला पुगेकी प्रियंकाले घाँटीमा हिराको नेकलेस लगाएकी थिइन् । उनले यो समारोहमा लगाएको नेकलेसको मूल्य २ अर्ब ४ करोड भएको समाचारहरूमा उल्लेख छ । 

प्रियंकाले लगाएको हिराको नेकलेस बुलगारी ब्रान्डको रहेको र यसमा ११.६ क्यारेट रहेको बताइएको छ । पूर्व फेसन डिजाइनर कार्ल ल्यागरफिल्डको सम्मानमा आयोजित फेसन इभेन्टमा प्रियंका र निक कालो ड्रेसमा त्यहाँ पुगेका थिए । कार्यक्रममा यो पटक बलिउडबाट आलिया भट्ट पनि निम्त्याइएकी थिइन् । आलिया नेपाली मुलका फेसन डिजाइनर प्रबल गुरुङले डिजाइन गरेको सेतो रङको गाउनमा समारोहमा उपस्थित थिइन् । 



Author

थप समाचार
x