सिनेमा

‘केजीएफ ३’ बनाउने निर्माण कम्पनीको घोषणा

इकागज |
बैशाख २, २०८० शनिबार १७:८ बजे

मुम्बई - ‘केजीएफ २’ प्रदर्शन भएको ठीक एक वर्षपछि निर्माण कम्पनी होमबेल फिल्मस्ले ‘केजीएफ ३’ बनाउने संकेत गरेको छ । निर्माण कम्पनीले शनिबार सामाजिक सञ्जालमा भिडियो रिलिज गर्दै यसको संकेत गरेको छ । निर्माण कम्पनीले जारी गरेको भिडियोमा तीन अंक देखाइएको छ । 

तेस्रो भागले रकीको सन् १९७८ देखि १९८१ सम्मको जीवन यात्रा देखाउने बताइएको छ । यो कुराको संकेत दुईमा नै गरिएको थियो । कन्नड अभिनेता यशको मुख्य भूमिका रहेको फिल्ममा सञ्जय दत्त, रविना टण्डन र श्रीनिधि सेठ्ठीको पनि अभिनय रहेको थियो ।


तेस्रो भागमा यी कलाकारसँगै नयाँ कलाकारको पनि प्रवेश हुने चर्चा छ । तर निर्माण टिमले यो विषयमा मुख खोलेको छैन । यसका लेखक तथा निर्देशक प्रशान्त निल प्रभासलाई लिएर ‘सलार’ बनाइरहेका छन् । यो फिल्मको रिलिजपछि ‘केजीएफ ३’को सुटिङ हुनेछ । 


Author

थप समाचार
x