सिनेमा

आफैँलाई उछिनेर कमाउने मामलामा तेस्रो भए जेम्स क्यामरुन

इकागज |
फागुन ८, २०७९ सोमबार १२:४१ बजे

लसएन्जल्स - फिल्मको दुनियाँमा आफ्नो फिल्मको प्रतिस्पर्धा आफैसँग हुन्छ भन्ने मान्यतालाई सही सावित गर्दै ‘अवतार’ निर्देशक जेम्स क्यामरुन फिल्मबाट कमाउने मामलामा तेस्रो भएका छन् । ‘अवतार : दि वे अफ वाटर’ले विश्वभरबाट कमाउने मामलामा तेस्रो स्थान हासिल गर्दा यो फिल्मले क्यामरुनकै अघिल्लो फिल्म ‘टाइटानिक’लाई पछि पारेको छ । 

‘अवतार ः दि वे अफ वाटर’ले २२ करोड ४३ लाख अमेरिकी डलर कमाइ गरेको तथ्यांक छ । ‘टाइटानिक’ले भने विभिन्न समयमा गरी २२ करोड ४२ लाख कमाइ गरेको थियो । पहिलो स्थान पनि क्यामरुनकै छ । क्यामरुन निर्देशित ‘अवतार’ २९ करोड अमेरिकी डलरको कमाइसँगै पहिलो नम्बरमा छ । 


योसँगै सर्वाधिक कमाउने ४ फिल्ममा क्यामरुन निर्देशित ३ फिल्म परेका छन् । जेम्स क्यामरुनका फिल्मको बीचमा ‘एभेन्जर : एन्ड गेम’ मात्र छ । यो फिल्म २८ करोड अमेरिकी डलर कमाइ गरेर दोस्रो स्थानमा छ । ‘अवतार : दि वे अफ वाटर’ अमेरिकीको घरेलु बजारमा भने ९ औँ स्थानमा छ । यसले केही दिनमै ‘टाइटानिक’ र ‘एभेन्जर इन्फिनिटी वार’लाई जितेर सातौँ स्थान कब्जा गर्ने निश्चित मानिएको छ । 


 


Author

थप समाचार
x