सिनेमा

रायन गोसलिङसँग बलिउड फिल्ममा रोमान्स गर्न चाहान्छिन् करिना

इकागज |
फागुन ४, २०७९ बिहीबार १५:३७ बजे

मुम्बई - बलिउडका अभिनेत्री हलिउडमा काम गर्नुलाई ठूलो उपलब्धि मान्छन् । यही कारण सानो ठूलो जस्तो भूमिका होस्, हलिउडबाट निम्तो मान्ने बित्तिकै दौडिन्छिन् । तर यो दौडमा ऐश्वर्या राय र प्रियंका चोपडा अपवाद हुन् जसले हलिउडमा पनि ठूलो भूमिका र ठूलै हिरोसँग काम गर्ने मौका पाएका छन् । दीपिका पादुकोनले पनि एउटा हलिउड फिल्ममा काम गरेकी छिन् । 

तर करिना कपुरलाई भने हलिउडबाट त्यस्तो अफर आए पनि जाने कुनै रहनर छैन । हालै उनले एउटा एजेन्सीलाई दिएको अन्तर्वार्तामा आफूलाई बलिउड फिल्म नै ठीक लाग्ने भएकाले हलिउड जाने चाहाना नै नभएको बताएकी छिन् । उनले अझ अहिले त आफ्ना छोराहरू सानै रहेकाले उनीहरूलाई छाडेर त्यता जाने कल्पना पनि नगरेको बताएकी छिन् ।


तर उनलाई कोही हलिउड हिरो ल्याएर बलिउडमा फिल्म गराउने हो भने त्यसका लागि ‘नोटबुक’ हिरो रायन गोसलिङसँग आफू रोमान्स गर्न तयार रहेको बताएकी छिन् ।‘हामी सधैँ यताबाट उता काम गर्न जान्छौँ । उताको हिरो यता ल्याएर काम गर्ने पनि सोचौँ न । त्यसो हो भने म रायन गोसलिङसँग काम गर्न तयार छु,’ उनको जवाफ थियो ।बीचको केही समय बच्चा हुर्काउन व्यस्त रहेकी करिना चाँडै नै ‘वीरे दि वेडिङ’को सिक्वेलमा देखिँदैछिन् । 


Author

थप समाचार
x