सिनेमा

‘पठान’लाई भारतमा ५ सय करोड, शुक्रबार १ सय १० मा फिल्म हेर्न पाइने

इकागज |
फागुन ४, २०७९ बिहीबार ११:१९ बजे

मुम्बई - प्रचारमा नयाँ शैली अपनाएको शाहरुख खान अभीनित ‘पठान’ले भारतमा ५ करोड कमाइ गरेको छ । फिल्मले बुधबार कीर्तिमानी आँकडा छोएको हो । अब ‘पठान’ कमाइमा ‘बाहुबली २’भन्दा ११ करोडले मात्र पछाडि छ । ‘बाहुबली २’ले भारतमा ५११ करोड कमाइ गरेको थियो । आउँदा दिनमा ‘पठान’ले यो आँकडा पार गर्ने विश्वास गरिएको छ । 

योसँग निर्माण कम्पनी यशराज फिल्मले शुक्रबार टिकटको मूल्य घटाउने निर्णय गरेको छ । यशराजले जनाएअनुसार देशका तीन ठूला मल्टिप्लेक्स पीभीआर, इनोक्स र सिनेपोलिसले शुक्रबार पूरा दिन दर्शकले १ सय १० मा फिल्म हेर्न पाउने भएका छन् । 


योबाहेक मुभी टाइम, मुक्ता ए २ र मिराज जस्ता सिनेमा चेनले पनि सिनेमा १ सय १० मा फिल्म देखाउने निर्णय गरेको यशराजले जनाएको छ । निर्माण कम्पनीले अहिलेसम्म फिल्म हेर्न छुटेकालाई सस्तोमै फिल्म हेर्न पाउने अवसरका लागि टिकटको मूल्य घटाउने निर्णय गरिएको जनाएका छन् । फिल्ममा जोन अब्राहम र दीपिका पादुकोन पनि मुख्य भूमिका छन् । 


Author

थप समाचार
x