सिनेमा

ज्याकलिन फर्नान्डिज बनिन् केटाको भित्री वस्त्रको ब्रान्ड एम्बास्डर

इकागज |
फागुन २, २०७९ मंगलबार १०:४३ बजे

मुम्बई- ज्याकलिन फर्नान्डिज केटाले लगाउने भित्री वस्त्रको ब्रान्ड एम्बेस्डर बन्ने पहिलो बलिउड अभिनेत्री बनेकी छिन् । उनले इन्स्टाग्राममा केटाहरूले लगाउने युवाको विज्ञापन गर्ने पहिलो अभिनेत्री बनेको जानकारी दिँदै सुटिङको तस्बिर सार्वजनिक गरेकी छिन् । 

ज्याकलिनले लक्सका गन्जी र कट्टुको विज्ञापन गरेकी हुन् । यो विज्ञापनलाई गौरी सिन्देले निर्देशन गरेकी हुन् ।ठगीको आरोपमा जेलमा रहेका सुकेश चन्द्रशेखरसँग पैसा लिएको आरोपमा अनुसन्धानको घेरामा रहेकी ज्याकलिन पछिल्लो समय हिट फिल्मको खोजीमा छिन् ।


अघिल्लो साल उनी अभीनित ‘बच्चन पाण्डे’, ‘सर्कस’, ‘भूतपुलिस’, ‘रामसेतु’ कुनै पनि फिल्म चलेका थिएनन् । यो साल उनको ‘क्र्याक’ भन्ने फिल्म रिलिज हुँदैछ । मिस श्रीलंका ज्याकलिनले ‘अलाद्धिन’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । 


Author

थप समाचार
x