सिनेमा

‘तेजाब’ रिमेकमा रणवीर सिंह र जान्ह्वी कपुरको जोडी !

इकागज |
पुस २२, २०७९ शुक्रबार ११:४६ बजे

मुम्बई- अनिल कपुर र माधुरी दीक्षितलाई स्टारडमको चुलीमा पुर्याउने फिल्म ‘तेजाब’को रिमेकमा रणवीर सिंह र जान्ह्वी कपुरको जोडीले अभिनय गर्ने सम्भावना बढेको छ । फिल्मको रिमेक अधिकार लिएका मुराद खेतानीले फिल्मका लागि रणवीर सिंह र जान्ह्वी कपुरलाई लिन लागेको चर्चा छ । 

हलिउड हंगामाका अनुसार पहिला यो फिल्ममा निर्माताले कार्तिक आर्यन र श्रद्धा कपुरलाई लिन चाहेका थिए । तर दुवैसँग कुरा नमिलेपछि निर्माता रणवीरतर्फ आकर्षित भएका हुन् । रणवीर र जान्ह्वीको जोडी अहिलेसम्म पर्दामा नदेखिएको हुनाले दर्शकलाई रोचक हुने अनुमानमा यो जोडीलाई लिएर फिल्म बनाइन लागेको चर्चा छ । 


एन चन्द्रा निर्देशित यो फिल्म त्यो सालको सबैभन्दा बढी कमाउने फिल्म थियो । यही फिल्ममा समावेश ‘एक दो तीन’ बलिउडको उससमयको सबैभन्दा ज्यादा गुनगुनाउने गीत मानिएको थियो । रणवीर र जान्ह्वी दुवै अहिले हिट फिल्को खोजीमा छन् । रणवीर अभीनित ‘सर्कस’ भर्खरै रिलिज भएर फ्लप भएको छ भने जान्ह्वीको ‘धड्क’ पछि ठूलो पर्दामा फिल्म नै रिलिज भएका छैनन् । 


Author

थप समाचार
x