सिनेमा

केही सेकेन्डका लागि उर्वशीले बुझिन् १५ करोड पारिश्रमिक

इकागज |
पुस ९, २०७९ शनिबार १३:४५ बजे

मुम्बई -  अभिनेत्री उर्वशी रौतेला चर्चा पाउनका लागि कुनै पनि कसर बाँकी राख्दिनन् । चाहे त्यो स्टार भारतीय क्रिकेटर ऋषभ पन्तका साथ उनको अफवाहवाला दुश्मनी होस् या आफ्नो पहिरनको महंगो मूल्य । कुनै न कुनै कारणले उनी समाचार बनिरहन्छिन् । हालैमात्र उनी पुनः चर्चामा आएकी छन् ।  अहिले चाहिँ उनको चर्चा भएको पारिश्रमिकका कारण ।  नेटफ्लिक्सको एनुअल भिडियोमा आफ्नो केही सेकेण्ड उपस्थितिका लागि १५ करोड रुपैंयाँ पारिश्रमिक बुझेकी छन् ।

नेटफ्लिक्सले हालैमात्र यो वर्ष रिलिज भएका आफ्ना भारतीय सो र फिल्मको एक स्पुफ भिडियो पोस्ट गरेको थियो । जसमा उर्वशी भीएफएक्सको माध्यमले रयान गोस्लिङका साथ लामो सास फेर्दै गरेको देख्न सकिन्छ । उनी हलिउड स्टारलाई आफ्नो हत्केला देखाउँछिन्, जहाँ आरपी लेखिएको हुन्छ । जसलाई उनी हटाएर आरजी अर्थात् रयान गोसलिङमा परिवर्तन गर्छिन् । यही उपस्थितिका लागि उनले १५ करोड पारिश्रमिक लिएकी हुन् । 



Author

थप समाचार
x