सिनेमा

मानवअधिकार चलचित्र महोत्सवमा ‘फोर नाइट्स’ र ‘आइरन डिगर’ उत्कृष्ट

इकागज |
पुस ७, २०७९ बिहीबार ९:३० बजे

काठमाडौं - १० औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाल पानारोमातर्फ दिपक रौनियार निर्देशित फिल्म ‘फोर नाइट्स’ उत्कृष्ट फिक्सन फिल्म घोषित भएको छ । त्यस्तै डकुमेन्ट्री विधातर्फ अनिल बुढामगर निर्देशित ‘आइरन डिगर’ उत्कृष्ट ठहरियो । यी दुई फिल्मले अवार्डसहित जनही ५० हजार नेपाली रुपैयाँ हात पारेका छन् ।
बगंलादेशी निर्देशक जुबोराज सामिमको फिल्म ‘द इन्सटिन्क्ट’ अन्तर्राष्ट्रिय फिक्सन विधातर्फ उत्कृष्ट भयो । त्यस्तै अन्तर्राष्ट्रिय नन–फिक्सन प्रतिस्पर्धातर्फ फिनल्यान्डका निर्देशका निर्देशक लिरिस हेर्माको डकुमेन्ट्री ‘सेपहर्डस अफ द अर्थ’ उत्कृष्ट ठहरियोे । यी दुई फिल्मले अवार्डसहित नेपाली ५० हजार रुपैयाँ हात परेका छन् ।

त्यस्तै महोत्सवमा सम्राट खनाल निर्देशित फिल्म ‘थ्रु द सिंगिंग भिलेजेज एण्ड डेथ्स् अन एक्सप्लेन्ड’, पिंकी श्री रानामगरको ‘हजुर’, रुसी फिल्ममेकर डेर्या डेनिजको हेजा(स्टे«न्थ), टर्किस् फिल्ममेकर सेरहत कारास्लान्टको ‘द क्रिमिनल्स’, जर्मनको फिल्ममेकर सेन्गिज अकेगनका ‘आयसा’ र अमेरिकी फिल्ममेकर किरा डेन  तथा काटोल्यन रोबेलोको संयुक्त निर्देशन बनेको ‘मिजुको’ ले विभिन्न विधामा स्पेसल मेन्सन अवार्ड पाएका छन् ।


महोत्सवको १० औं संस्करणमा २५ देशका ६४ फिल्म प्रदर्शन गरियो । ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’को नारासहित पुस ३ देखि ६ सम्म राजधानीको नेपाल पर्यटन बोर्ड र रिपोर्टस् क्लबको हलमा फिल्महरु प्रदर्शन गरिएको थियो । बुधबार नेपाल पर्यटन बोर्डमा समापन समारोहमा दीपक रौनियकर ‘फोर नाइट्स’ प्रदर्शन गरिएको थियो । यसअघि उद्घाटनका दिन ३ पुसमा शान्ता नेपाली निर्देशित वृत्तचित्र ‘क्लाइमिङ ट्याम्पेचर्स ः टप अफ द वल्र्ड’ देखाइएको थियो ।

महोत्सवका दौरान भारतीय वृत्तचित्र निर्देशक अनिर्वाण भट्टचार्यले ‘लुकेर बसेका कथाहरूलाई कसरी वृत्तचित्रमा प्रस्तुत गर्ने ?’ विषयक मास्टर क्लास दिएका थिए । त्यस्तै, ‘जलवायु परिवर्तन र न्यायसम्बन्धी’ विषयमा मानव अधिकारकर्मी, विज्ञ तथा चलचित्रकर्मीहरुबीच प्यानल छलफल पनि गरिएको थियो ।


Author

थप समाचार
x