सिनेमा

‘कान्तारा’ अभिनेता भन्छन्, ‘हिन्दी फिल्म खेल्दिनँ’

इकागज |
कात्तिक २१, २०७९ सोमबार १६:१३ बजे

मुम्बई - ‘कान्तारा’ अभिनेता रिसब सेठ्ठीले अहिले वा भविष्यमा पनि हिन्दी फिल्म खेल्ने सोच नरहेको बताएका छन् । उनले आफू कन्नड दर्शकका कारण यहाँसम्म आइपुगेकाले एउटा फिल्म चल्यो भन्दैमा कन्नड भाषा छाडेर अरुतिर नजाने बताएका हुन् । 

‘म अझ धेरै कन्नड सिनेमा खेल्न चाहान्छु । मलाई कन्नडिगा हुनमा गर्व छ । कन्नड दर्शक र यहाँको उद्योगका कारण म यहाँ छु । एउटा फिल्म हिट भयो भन्दैमा  परिवार र साथीहरू परिवर्तन हुँदैनन् । मेरो मन कन्नडमै छ,’उनले हालै दिएको एक अन्तर्वार्तामा हिन्दी फिल्म गर्ने कि नगर्ने भन्ने प्रश्नको उत्तरमा यस्तो जवाफ दिएका हुन् । 


१० करोडभन्दा कम बजेटमा बनाएको फिल्मले दुई सय करोड बढी कमाएको छ । फिल्मले हिन्दी भाषामा मात्र ६२ करोड कमाइ गरेको छ । रिसबले आफूले भारतभर फिल्म रिलिज गर्नेगरी फिल्म नबनाएको तर फिल्मले आफैँ आफ्नो बाटो तय गरेको बताएका थिए । उनले भोलिका दिनमा पनि आफूले मरिहत्ते गरेर हिन्दी वा अन्य भाषीका लागि भनेर फिल्म नबनाउने बताए । रिसब स्वंयले निर्देशन गरेको फिल्मले आदिवासीको संस्कृतिलाई प्रस्तुत गरेको छ । 


Author

थप समाचार
x