आमचुनाव २०७९

दोलखा प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित

इकागज |
मंसिर १८, २०७९ आइतबार १६:३१ बजे

दोलखा - दोलखाको प्रदेशसभा २ मा नेकपा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार केसीले १९ हजार चार सय १४ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । 


उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार पाँच सय ९५ मत प्राप्त गरेका छन् । प्रदेशसभामा निर्वाचित केसी यसअघि भीमेश्वर नगरपालिकाका प्रमुख थिए । 

उनका प्रतिस्पर्धी लामा नेपाली कांग्रेस दोलखाका सभापतिले निर्वाचनको नजिता आइसकेपछि केसीलाई बधाई दिएका थिए । यसअघि २०७४ सालको चुनावमा नेकपा माओवादी केन्द्रका विशाल खड्कासँग लामा प्रदेशसभा सदस्यमा पराजित भएका थिए । 


Author

थप समाचार
x