ब्रान्‍ड

विन्टर सेल अफर : सोनामका उत्पादनमा ७० प्रतिशतसम्म छुट

इकागज |
पुस ८, २०८० आइतबार २१:१५ बजे

काठमाडौँ- चर्चित साथै उच्च गुणस्तरीय सामग्रीको नेपाली ब्रान्ड सोनामले यही मंसिर २८ देखि पौष १५ सम्म व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग सामग्रीहरूमा वार्षिक विन्टर छुट योजना चलाइरहेको छ । यस छुट योजना अन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको छ । यो अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ ।

सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्यागलगायत उत्पादन छन् । राजधानी उपत्यकामा ठमेलको क्वाबहाल र छायाँ सेन्टर, ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिवुटीको जडिबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, पोखराको लेकसाइड र न्युरोडमा, बुटवल तथा सुर्खेतको विरेन्द्रनगरमा  पनि सोनमका सोरुम ओपन भइसकेको छ । 



Author

थप समाचार
x