ब्रान्‍ड

टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा आजबाट सुरु

इकागज |
मंसिर २८, २०८० बिहीबार १९:३५ बजे

काठमाडौँ- टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आजबाट ललितपुरको भनीमन्डलस्थित बास्केटबल कोर्टमा टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सञ्चालन गर्दैछ ।

यस एक्सचेन्ज एक्ट्राभगान्जामा ग्राहकहरूले कुनै पनि बाइक अथवा स्कुटरसँग आईक्युब एक्सचेन्ज गर्दा रु.२५,००० सम्मको थप भ्यालुएसन पाउन सक्नुका साथै ०% ब्याजमा टिभिएस आईक्युब खरिद पनि गर्न सक्ने कम्पनीले जनाएको छ । त्यसैगरि जम्मा रु.१,०७,००० को डाउनपेमेन्टमा नै टिभिएस आईक्युब खरिद गर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ । साथै यस एक्सचेन्ज क्याम्पमा ग्राहकहरूले फ्रि एक्सेसोरिज र फ्रि राइडको मजा पनि लिन सक्नेछन् ।


टिभिएसले नेपालमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर आईक्युब नाडा अटो शोमा लन्च गरेको थियो । यो  एक्सचेन्ज एक्ट्राभगान्जा मङ्सिर २८ देखि पुस २ गतेसम्म हुनेछ ।
 


Author

थप समाचार
x