ब्रान्‍ड

अनरको फेस्टिभ अफर: दैनिक उपहारदेखि भेस्पा र थाइल्याण्ड टुरको बम्पर उपहारसम्म

इकागज |
असोज २१, २०८० आइतबार १२:५१ बजे

काठमाडौँ – नेपालका लागि अनर स्मार्टफोनको आधिकारिक वितरक सेलट्रोन नेपालले आफ्ना ग्राहकका लागि सबैभन्दा ठूलो चाडपर्व अफर ल्याएको छ ।

'बनाउ दशैं अनरमय' भन्ने ट्याग लाइनका साथ कम्पनीले बम्पर उपहार को पर्व ल्याएको हाे । सेलट्रोन नेपालले यस चाडपर्वको अवसरमा यो अफरले अनर ग्राहकहरूमाझ उत्साह सिर्जना गर्ने विश्वास लिएको छ ।


अनरबाट ‘अनरको बहार, चाडपर्व मा उपहारै उपहार’ नामक अभियान सुरु गरिएको छ । जसमा खरिदकर्ताहरूले स्मार्टफोनको हरेक खरिदमा दैनिक उपहार, मेगा उपहार, बम्पर उपहार र भेस्पा जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

उपहारहरू चार खण्डहरूमा विभाजित छन् । जसमा मानिसहरूले  पाँच हजार ९९० रुपैयाँ मूल्यको अनर एयरबड एस५ वा ६ हजार ४९० रुपैयाँ पर्ने अनर ब्यान्ड सीक्स हरेक दिन जित्ने मौका पाउन सक्नेछन् ।

दोस्रो मेगा गिफ्ट हो जहाँ खरिद कर्ताहरूले ४३ इन्च स्मार्ट टिभी वा अनर वाच ४ वा अनर ९० ५जी जित्ने मौका पाउन सक्छन् ।

त्यसपछि यो तेस्रो खण्डमा थप रोचक हुन्छ जहाँ ग्राहकहरूले ल्यापटप वा थाइल्याण्ड टुर जित्ने मौका पाउन सक्छन् ।

साथै,  एक भाग्यशाली विजेताले भेस्पा स्कुटर जित्न सक्ने कम्पनीले जनाएकाे छ ।


Author

थप समाचार
x