बैंक-वित्त

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर सरस्वती क्याम्पसमा

इकागज |
चैत १, २०८० बिहीबार १०:५३ बजे

फाइल तस्बिर

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका- २६, लेखनाथ मार्ग, ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । 

यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरहरुको संख्या ६७ पुगेको छ । नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा, रेमिट्यान्सको सुविधा लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ ।



Author

थप समाचार
x