बैंक-वित्त

सिडी रेसियो ९० प्रतिशत तल झर्‍यो

इकागज |
जेठ २५, २०७९ बुधबार ११:५५ बजे

काठमाडौँ – बैंकहरूमा निक्षेप बढ्न थालेपछि कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ९० प्रतिशतभन्दा तल झर्न थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार सिडी रेसियो ८९ दशमलव ९४ ओर्लिएको हो । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नै सिसीडी रेसियो खारेज गर्दै सिडि रेसियो लागू गरेको थियो ।

बैंकहरूलाई चालू आर्थिक वर्षको असार मसान्तसम्ममा सिडी रेसियो ९० प्रतिशतभन्दा तल ल्याउनुपर्ने अवस्था छ । बैंकले सार्वजनिक गरेको सोमबारसम्मको तथ्यांकअनुसार निक्षेप ४९ खर्ब ७३ अर्ब पुगेको छ । जसमा बाणिज्य बैंकहरूको निक्षेप संकलन ४३ खर्ब ९३ अर्ब रहेको छ। निक्षेप बढ्न थालेपछि बजारमा विद्यमान तरलतामा केही कमी आउने देखिन्छ ।


 


Author

थप समाचार
x