अटो

त्रिवेणीले नेपाली बजारमा ल्यायो विद्युतीय प्यासेन्जर भेइकल र कार्गो भ्यान

इकागज |
चैत २९, २०८० बिहीबार ९:३८ बजे

काठमाडौँ- त्रिवेणी मोटोकर्पले नेपाली बजारमा प्यासेन्जर भेइकल र कार्गो भ्यानका रुपमा दुई वटा विद्युतीय गाडी भित्र्याएको छ । त्रिवेणीले डोंगफेंग कम्पनीका डीएफएसी इभी ३२ गाडीहरू नेपाल ल्याएको हो । 

नेपाली बाटोलाई सुहाउने १८० एमएमको ग्राउण्ड क्लियरेन्स रहेका यी गाडीहरूमध्ये प्यासेन्जर भेइकलमा १३+१ सिट क्षमता रहेको छ । त्यसैगरी   कार्गो भ्यानमा २ सिट क्षमता छ भने यसमा ८.५ घन मिटरको कार्गो बक्स रहेको छ ।


एक पटकको फूल चार्जमा ३०० किलोमिटरसम्म यात्रा गर्न सकिने यो गाडीमा ५०.२३ किलोवाटको शक्तिशाली ब्याट्री रहेको छ । १०० किलोमोतर प्रतिघण्टासम्मको तीब्र गतिमा चलाउन सकिने यी गाडीहरूलाई मात्र ४५ मिनेटमा ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सकिन्छ । यी गाडीमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी प्रदान गरिएको छ ।

अत्याधुनिक सुबिधासम्पन्न र आरामदायी यात्राका लागि उपयुक्त यी विद्युतीय गाडीहरू नेपाली ग्राहक र यात्रुहरूको रोजाइमा पर्ने त्रिवेणी मोटोकार्पले जनाएको छ । यी गाडीहरूको लागि काठमाडौँको जोरपाटीमा सर्भिस सेन्टरमा राखिएको छ भने पुतलीसडकस्थित त्रिवेणी कम्प्लेक्समा कार्यालय रहेको छ ।


Author

थप समाचार
x