अटो

एक लाख नेपाली ग्राहकहरूको मन जित्न सफल टिभिएस् एन्टर्क

इकागज |
माघ ५, २०८० शुक्रबार २१:२६ बजे

काठमाडौँ- नेपालको लागि टिभिएस् मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा ल्याएको स्कुटर टिभिएस् एनटर्कले १ लाख माइलस्टोन पूरा गर्न सफल भएको छ । 

२०१८ मा नेपालमा लन्च भए लगत्तै नेपाली ग्राहकहरूमाझ लोकप्रिय नेपालको पहिलो स्पोर्टी स्मार्ट स्कुटर टिभिएस् एनटर्क १ लाख बिक्री भइसकेको छ । बलियो र स्टाइलिस लुक तथा स्मार्ट फिचरले गर्दा टिभिएस् एनटर्कले चाँडै ग्राहकहरूको विश्वास जित्न सफल भएको हो । 


यस बारेमा बोल्दै जगदम्बा मोटर्सका म्यानेजिङ डाइेरक्टर साहिल अग्रवालले भने, 'हामीले नेपाली ग्राहकहरूको यति धेरै माया र विश्वास पाएका छौँ । लन्च गरेको यति छोटो अवधिमै १ लाख एनटर्कहरू रोडमा गुडिसकेका छन् । यो माया र विश्वासको लागि हामी नेपाली ग्राहकहरूप्रति कृतज्ञ छौँ ।'

टिभिएस एनटर्क बेस्ट–इन–क्लास पावर, पिक–अप र पर्फर्मेन्सको लागि लोकप्रिय छ । यसको टिभिएस एनटर्क ड्रम आकर्षक मुल्यको कारण बढी रुचाइएको छ भने हालसालै लन्च भएको टिभिएस एनटर्क एक्सपीले माइलेज र पावरको उत्कृष्ट कम्बिनेसन प्रदान गर्दछ । टिभिएस एक्सपिमा आरटि–एफ्आइ प्रविधि, भोइस कमान्ड, राइड मोड लगायत ६० वटा भन्दा धेरै स्मार्ट कनेक्ट फिचरहरू उपलब्ध छन् । नेपाली बजारमा अत्याधुनिक प्रविधियुक्त स्कुटरहरू उपलब्ध गराउने टिभिएस् पहिलो कम्पनी हो ।

स्मार्ट टेक्नोलोजी, दमदार पर्फर्मेन्स र स्पोर्टी डिजाइनले गर्दा टिभिएस एनटर्क ग्राहकहरूको पहिलो रोजाइमा पर्न सफल भएको हो । लन्च भएको छोटो समयमा नै १ लाख टिभिएस् एनटर्कहरू सडकमा गुड्नुले तथा कम्पनीले नियमित आयोजना गर्ने राइडहरूमा हुने उल्लेखनीय सहभागिताले टिभिएस् एनटर्कहरूको बढ्दो लोकप्रियतालाई पुष्टि गरेको छ ।

एनटर्कले नेपालमा १२५ सीसीको स्कुटर बजारमा नयाँ क्याटेगोरी मात्र नथपेर नेपाली ग्राहकहरूको लागि प्रशस्त छनोटका अवसरहरू प्रदान गर्दै विकासको नयाँ युगको सुरुवात गरेको छ । एक लाख स्कुटर  बिक्री भएको उपलक्ष्यमा टिभिएस् एनटर्क अहिले ३,९९९ को मासिक किस्तामा उपलब्ध छ ।


Author

थप समाचार
x