अटो

रोयल इन्फिल्डको आयोजनामा लेडि बाइर्कस् राइड [तस्बिरसहित]

इकागज |
माघ १, २०८० सोमबार १८:३३ बजे

काठमाडौँ- रोयल इन्फिल्डको आयोजनामा लेडि बाइर्कस् राईड आयोजना भएको छ । निरन्तर उत्पादनमा सबै भन्दा पुरानो मोटरसाइकल ब्रान्ड, ‘रोयल इन्फिल्ड’ को लागि नेपालको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि.ले Inspire_Inclusion मूल नाराका साथ ‘रोयल इन्फिल्ड लेडि राइड कार्यक्रम’ आयोजन गरिएको हो ।


राइडमा २२ वटा विभिन्न मोडलका रोयल इन्फिल्डका मोटरसाइकलमा लेडि बाइकर्स् सहभागी थिए । सडक सुरक्षाको सचेतना, व्यवस्थित सवारी प्रवर्द्धन, महिला सशक्तीकरणका लागि समावेश प्रेरणा, दुई पाँग्रे सवारी पर्यटनको प्रवर्द्धन लगायतको उद्देश्यसहित कार्यक्रम गरिएको कम्पनीले जनाएको छ । शनिबार रोयल इन्फिल्डको शोरूम टेकुबाट सुरु भएको राइड त्रिपुरेश्वर, न्युरोड गेट, जमल, दरबार मार्ग, कमलपोखरी, कालो पुल, गौशाला, चावहिल, बौद्ध, जोरपाटी हुँदै ग्राण्ड नोरलिङ रिसार्ट गोकर्णसम्म पुगेको थियो ।

नोरलिङ रिसोटमा लेडि राइडस् बिच बाइक पुश कम्पिटिसन, रोयल इन्फिल्डका हेल्मेट टावर कम्पिटिसन, र म्युजिकल चियर कम्पिटिसन गेम भएको थियो । बाइक पुश कम्पिटिसनको विजेता प्रशंसा थापा, रोयल इन्फिल्डका हेल्म्मेट टावर कम्पिटिसनका विजेता श्रृजना भट्ट र म्युजिकल चियर कम्पिटिसन गेमका विजेता बर्षा कार्की भइन् ।

सहभागी एवं विजेतालाई सहभागिताको प्रमाण पत्र र रोयल इन्फिल्डका ग्राफिटी हेल्मेट, रोयल इन्फिल्डको राइडिङ पन्जा, पासपोर्ट होल्डर प्रदान गरिएको थियो ।


Author

थप समाचार
x