कला

ब्रेकअप खाएको पो अनुभव हुन्छ, दिएको के अनुभव ?

इकागज |
चैत ९, २०७७ सोमबार १६:११ बजे

काठमाडौं: म्युजिक भिडियोमा फिल्मका कलाकार कोही व्यस्त छन् भने ती पल शाह र आँचल शर्मा नै हुन् । संयोगको कुरा केही अघिसम्म दुवै अफेयरमा पनि थिए । म्युजिक भिडियो पनि सँगै खेल्थे ।

आँचलले धुमधामसँग बिहे गरेपछि यो जोडी छुट्यो । सामाजिक सञ्जालमा आँचलले फ्यानबाट भक्कु गाली खाइन् । उनीमाथि पल शाहलाई ब्रेकअप दिएको आरोप थियो । त्यसयता थुप्रै निर्देशकले पल र आँचलको जोडीलाई लिएर म्युजिक भिडियो बनाउने प्रयास गरेका छन् तर पल शाह नमानेपछि दर्शकको दुवैलाई सँगै देख्न चाहाने सपना पूरा भएको छैन । 


यसैबीच आँचलले हालै यही कथाव्यथासँग मिल्ने भिडियोमा पुष्प खड्कासँग अभिनय गरिन् । म्युजिक भिडियोको पनि प्रचार प्रसारको तामझाम आजभोलि सानो हुन्न । गीत सार्वजनिक नहुँदै मिडियामा प्रमोसन सुरु हुन्छ । यो गीतको पनि यसैगरि प्रचार सुरु भयो । केही युट्युबरले सोधे ‘आँचलजी ब्रेकअप किन हुन्छ ?’

आँचलले सिधा सिधा जवाफ दिइनन् । घुमाएर लामो जवाफ दिइन्, ‘पहिला मान्छे नजिक हुन्छ अनि नजिक भएको मान्छेसँग झगडा हुन्छ । टाढाबाट देखेभन्दा मान्छे बेग्लै हुन्छ । नजिक गएपछि थाहा हुन्छ अनि झगडा पर्छ ।’

तर, यही चक्करमा उनले खाँटी कुरा पनि खोलिन् । उनकाअनुसार पर्दामा देखेको मान्छे वास्तविक जीवनमा उस्तै नहुँदा पनि ब्रेकअप हुन्छ । ‘त्यसै पनि म स्वयंलाई भने ब्रेकअपको अनुभव छैन,’ उनको भनाइ थियो । 

उनले यति भनेपछि फ्यानले लगाएको आरोप आज आएर सही सावित भएन त । फ्यानले उसबेला आँचलले पललाई धोका दिएको आरोप लगाएका थिए । आज ब्रेकअप अनुभव छैन भनेपछि पक्का भयो, आँचलले पललाई ब्रेकअप दिएकै हो । ब्रेकअप खाएको भए पो अनुभव हुन्छ, दिएको के अनुभव हुन्छ ।  


Author

थप समाचार
x