कला

निरुताले सम्झिन् प्रधानमन्त्री शेरबहादुर देउवाबाट लिएको सम्मान

इकागज |
साउन १२, २०७८ मंगलबार १४:१४ बजे

काठमाडौं :  निरुता सिंह यतिबेला मुम्बईमा छिन् । नेफ्टाको कार्यक्रमका लागि नेपाली आएकी निरुता यहाँ १५ दिन बसेर सिलगुढी गएकी थिइन् । सिलगुढीमा उनको परिवार छ तर निरुता कामको सिलसिलामा मुम्बईमा बस्छिन् । 

मुम्बईमा बसे पनि निरुताको मन नेपालमै हुन्छ । यसका प्रमाण हुन्, हरेक दिनजसो उनले गर्ने पोस्टमा । यी पोस्टमा उनले नेपालमा रहँदा बस्दा गरेका काम बाँड्न् गरेकी छिन् । यही क्रममा उनले मंगलबार भर्खरै ५ औं पटक प्रधानमन्त्री नियुक्त शेरबहादुर देउवासँगका फोटो सार्वजनिक गरेकी छिन् ।


सार्वजनिक फोटोमा उनले शेरबहादुर देउवाबाट सम्मान ग्रहण गर्दै गरेकी छिन् । निरुताका अनुसार उनले एक पटक हैन, दुई दुई पटक देउवाबाट सम्मान पाएकी रहिछन् । तर, उनले यी सम्मान कुन कुन सन्दर्भमा कसरी पाएकी हुन् त्यो भने खुलाएकी छैनन् । 

‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूबाट दुई पटक सम्मानित हुन पाएको त्यो अतितको मीठो सम्झना’ उनले लेखेकी छिन् । उनले योसँगै नेपालको राष्ट्रिय गीत ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली’ पनि लेखेकी छिन् ।तर, निरुताले देउवा प्रधानमन्त्री भएको सन्दर्भ सम्झेर फोटो हालेको कुरामा शंका छैन । तर, यति ढिलो ? निरुताले देउवा प्रधानमन्त्री भएको नै बल्ल चाल पाइन् कि हो ? 


Author

थप समाचार
x