कला

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी काठमाडौँमा सुरु

इकागज |
फागुन ५, २०८० शनिबार १४:५५ बजे

काठमाडौँ- मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८० शनिबारबाट काठमाडौँमा सुरु भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा आयोजित प्रदर्शनीको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे । काठमाडौँको आर्ट काउन्सिलमा सुरु प्रदर्शनीमा विभिन्न ५० देशका चित्रकारले बनाएका एक सय ७० बढी चित्रहरू समावेश गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । कला साहित्य खेलकुद क्षेत्रलाई ध्यानमा दिई विकास गर्न नसके समग्र समाजको बिकास हुन नसक्ने उनले बताए ।


चित्रकला प्रदर्शनी फागुन १७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । 


Author

थप समाचार
x