कला

फिल्म हिट बनाउन मनिषा कोइरालाको पनि भएको थियो ‘फेक डेथ स्टन्ट’

इकागज |
माघ २२, २०८० सोमबार १०:६ बजे

फाइल तस्बिर

मुम्बई- चर्चित अभिनेत्री तथा मोडल पुनम पाण्डे यतिबेला आफ्नो ‘फेक डेथ स्टन्ट’ का कारण चर्चामा छिन् । जबदेखि पुनमले मरेको भन्दै नाटक गरिन, तबदेखि उनले धेरै कठोर शब्दहरू सुन्दै आएकी छिन् । पुनम पाण्डे मात्र होइन, बलिउडकी अर्की एक सुन्दरी पनि छन्, जसले पुनमले जस्तै ‘फेक डेथ स्टन्ट’ नाटक गरेकी थिइन् ।

वास्तवमा हामी अभिनेत्री मनिषा कोइरालाको कुरा गर्दैछौँ । मनिषा कोइरालाले पनि ‘फेक डेथ स्टन्ट’ गरेकी थिइन्, जसका कारण उनले धेरै ट्रोलिङको सामना गर्नु परेको थियो । मनिषाको झुटो मृत्युको खबर जनचेतना फैलाउनका लागि नभइ फिल्मलाई हिट बनाउनका लागि गरिएको थियो । सन् १९९५ मा महेश भट्टको फिल्म ‘क्रिमिनल’ रिलिज भएको थियो, जसलाई हिट बनाउन मनिषाको मृत्युको खबर फैलाइएको थियो ।


भारतीय सञ्चारमाध्यम न्युज २४ काअनुसार आफ्नो फिल्मको सफलताका लागि महेश भट्टले मनिषाको मृत्युको झुटो खबर मात्रै फैलाएनन्, अभिनेत्रीको मृत्युको पोस्टर पनि बनाएका थिए । यस्ता झुटा समाचार फैलाएको भन्दै उनीविरुद्ध मुद्दा पनि दर्ता भएको थियो । 

अभिनेत्री कोइरालालाई सन् २०१२ मा पाठेघरको क्यान्सर भएको पत्ता लागेको थियो, जसका कारण उनले आफ्नो जीवनको संघर्षपुर्ण लडाईं लडिन् र जितिन पनि । उनी अहिले नेपालमा सामाजिक संघ संस्थामा मात्रै कार्यरत छैनन्, राजसंस्थाको वकालत पनि गर्दै हिँडेकी छिन् । (न्युज कारखाना)


Author

थप समाचार
x