कला

एक बलिउड अभिनेत्री : जसले लिन्छिन् तीन मिनेटको तीन करोड पारिश्रमिक

इकागज |
माघ १५, २०८० सोमबार ८:४ बजे

मुम्बई- बलिउडका धेरै स्टारहरू आफ्नो फिल्मका कारण चर्चामा रहन्छन् । 

कतिपय स्टारहरू आफ्नो पारिश्रमिकका कारण पनि चर्चामा रहन्छन् । कतिपय कलाकार यस्ता छन् जसको पारिश्रमिकले फिल्मको बजेट निकै बढ्छ । फिल्ममा मुख्य भूमिका होस् वा क्यामियो । कतिपय अभिनेत्रीले चलचित्रमा आफ्नो एउटा गीतको लागि ठूलो पारिश्रमिक लिने गरेका छन् ।


त्यसैगरी आज हामी तपाईंलाई बलिउड अभिनेत्रीको बारेमा बताउन गइरहेका छौँ जसले एक मिनेटको अभिनयको १ करोड भारु लिन्छिन् ।

यो अरु कोहि नभई बलिउड अभिनेत्री उर्वशी रौतेला हुन् । उनी एउटा गीतमा तीन मिनेटको प्रस्तुतिको लागि ३ करोड भारु लिएको चर्चामा भइरहेको छ । वाल्टेयर वीराया र एजेन्ट जस्ता फिल्महरूमा आफ्ना अघिल्ला आइटम गीतहरूका लागि उर्वशीलाई बोयापति श्रीनु राम पोथिनेनी फिल्मको लागि आइटम नम्बर गर्न अप्रोच गरिएको थियो । 

समाचारअनुसार उर्वशीले आफ्नो तीन मिनेटको प्रस्तुतिको लागि ३ करोड भारु मागेकी थिइन् ।

यसको मतलब उनले प्रतिमिनेट १ करोड रुपैयाँ कमाउनेछिन् र एक मिनेटको प्रदर्शनका लागि भारतमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्रीको रूपमा नयाँ कीर्तिमान कायम गरेकी छिन् ।

यसअघि उर्वशीले साउथ इन्डियन मेगास्टार चिरञ्जीवीको फिल्म ‘वाल्टेयर वीरैया’ मा आइटम नम्बरका लागि २ करोड भारु लिएको खबर आएको थियो ।


Author

थप समाचार
x