कला

रणवीर कपुरले दोब्बर बढाए पारिश्रमिक

इकागज |
माघ १२, २०८० शुक्रबार ९:३७ बजे

फाइल तस्बिर

मुम्बई- रणवीर कपूरको फिल्म एनिमल ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको छ ।

यस फिल्ममा बबी देओल, अनिल कपूर, रश्मिका मन्डन्ना र तृप्ति डिमरी मुख्य भूमिकामा छन् । एनिमल यी सबै कलाकारको करियरकै सबैभन्दा ठूलो फिल्म बनेको छ । किनभने यो फिल्मलाई भारतमा मात्र नभई विश्वभर नै मन पराइएको थियो । एनिमलमा रणवीर कपूर र बबी देओलको अभिनयको सबैभन्दा बढी तारिफ भएको छ ।


यस्तो अवस्थामा अब रणवीर कपुरले आफ्नो पारिश्रमिक निकै बढाएका छन् । मिडिया रिपोर्टका अनुसार रणवीर कपुरले फिल्म एनिमलका लागि ३० करोड भारु लिएका थिए तर अहिले उनले आफ्नो फिल्मको मूल्य दोब्बरभन्दा बढी बढाएका छन् । अङ्ग्रेजी वेबसाइट बलिउड हंगामाको समाचार अनुसार रणवीर कपुरले अब आफ्नो पारिश्रमिक ३० करोडबाट बढाएर ६५ करोड पुर्‍याएका छन् ।

तर, सञ्जय लीला भन्सालीको अर्को फिल्मको लागि उनले आफ्नो पारिश्रमिक भने त्यति धेरै लिएका छैनन् । हालै सञ्जय लीला भन्सालीले आफ्नो अर्को फिल्म ‘लभ एन्ड वार’ को घोषणा गरेका छन् ।

यस फिल्ममा रणवीर कपुर, आलिया भट्ट र विक्की कौशल मुख्य भूमिकामा देखिने छन् । ‘लभ एन्ड वार’ सञ्जय लीला भन्सालीसँग रणवीर कपूर र आलिया भट्टको दोस्रो सहकार्य हुनेछ, जबकि विक्की कौशल पहिलो पटक फिल्म निर्मातासँग हात मिलाउँदैछन् ।

यस घोषणासँगै दर्शकहरूमाझ थप जानकारीको अपेक्षा बढ्छ । यी तीनै कलाकारका फ्यान ‘लभ र वार’लाई लिएर निकै उत्साहित छन् ।


Author

थप समाचार
x