कला

सिआइडीका इन्सपेक्टर दिनेशलाई हृदयघात भएको खबर बाहिरिएपछि...

इकागज |
मंसिर १८, २०८० सोमबार १०:४७ बजे

मुम्बई- हिन्दी टिभी जगतबाट एउटा ठूलो चकित पार्ने खबर बाहिर आएको छ । 

टेलिभिजनको चर्चित शो सिआइडीका अभिनेता दिनेश फडणीसलाई हृदयघात भएको खबर सुनेर सबैजना तनावमा परेका छन् । अभिनेताको अवस्था निकै गम्भीर रहेको बताइएको छ । दिनेशलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको बताइएको छ । उनको अवस्था बिग्रिएपछि भेन्टिलेटरमा राखिएको समाचार बाहिरिएको थियो ।


यसै क्रममा सिआइडीमा ‘दया’को भूमिका निर्वाह गरेका अभिनेता दयानन्द शेट्टीले अहिले आफ्ना सहकलाकार दिनेश फडनीसको स्वास्थ्य अपडेट दिएका छन् । दयानन्द शेट्टीले मिडियासँग कुरा गर्दै चकित पार्ने खुलासा गरेका छन् । दिनेश फडणीसलाई हृदयघात नभएको उनको भनाइ छ । उनका अनुसार अभिनेता भेन्टिलेटरमा पुग्नुको कारण अर्कै छ । 

आउनुहोस्, ५७ वर्षको उमेरमा अभिनेता भेन्टिलेटरमा जानुको कारण थाहा पाउनुहोस् । यसबारे सञ्चारमाध्यमलाई जानकारी दिँदै उनका साथीले भने, ‘दिनेश फडणीस अस्पतालमा भर्ना भएर भेन्टिलेटरमा छन् । उहाँलाई हृदयघात भएको छैन, यो एक फरक उपचार हो र म यसबारे अहिले नै टिप्पणी गर्न चाहन्‍न ।’

उनले दिएको यो जानकारीसँगै दिनेश फडणीसलाई हृदयघात नभएको पुष्टि भएको छ । तर यो खबर एकदमै सत्य हो कि अभिनेताको अवस्था अझै नाजुक छ । उनी अहिले भेन्टिलेटरमा जीवन र मृत्युको लडाईं लडिरहेका छन् । अहिले उनलाई के भयो भन्ने जानकारी भने खुल्न सकेको छैन । यस्तो अवस्थामा अभिनेताको स्वास्थ्यलाई लिएर फ्यान चिन्तित छन् । दिनेश फडणीस छिटोभन्दा छिटो निको भई निको भएर घर फर्किन सबैले दिनरात प्रार्थना गरिरहेका छन् ।

अब अभिनेताको स्वास्थ्यमा कहिले सुधार हुन्छ र उनी कहिले स्वस्थ भएर फ्यानका अगाडि उभिन्छन्, त्यो भने हेर्न बाँकी छ । अहिले फ्यानका आँखा पनि यो हेर्न आतुर छन् । दिनेशले सन् १९९८ देखि २०१८ सम्म चलेको लोकप्रिय टिभी शो सीआईडीमा इन्स्पेक्टर फ्रेडरिकको भूमिका निर्वाह गरे पछि चर्चित भएका थिए । कार्यक्रममा उनको कमेडी भूमिका थियो, जुन उनले निकै राम्रो निभाएका थिए ।


Author

थप समाचार
x