कला

साकिरा कर छली प्रकरण : अदालतमा बोलाइयो, प्रमाणित भए ८ वर्ष जेल बस्नुपर्ने

इकागज |
मंसिर ५, २०८० मंगलबार १०:५७ बजे

बार्सिलोना, स्पेन- कोलम्बियाली पप स्टार साकिरा समस्यामा परेकी छिन् । 

साकिरालाई कर छलीको मुद्दामा सोमबार बार्सिलोना अदालतमा हाजिर हुन बोलाइएको छ । मियामीमा बस्ने ४६ वर्षीय कोलम्बियाली स्टारले दोषी पाइएमा आठ वर्षसम्म जेल र २४ मिलियन युरो जरिवाना भोग्नु पर्ने द गार्डियनले समाचारमा लेखेको छ ।


वास्तवमा, सन २०१२ देखि २०१४ सम्म, साकिराले ६ महिनाभन्दा बढी स्पेनी निवासीको रूपमा बिताइन्, यस अवधिमा उनले कर तिर्नुपर्ने थियो, जुन उनले तिरिनन् । यद्यपि उनले यो दाबी अस्वीकार गरेकी छिन् ।

यस्तो अवस्थामा उनी स्पेनकी बासिन्दा भएको प्रमाणित गर्न अभियोजन पक्षले कपाल, स्टुडियो प्राविधिक, डान्स टिचर, डाक्टर, ब्यूटिसियन, स्त्री रोग विशेषज्ञ र चालकसहित ११७ जना साक्षी बोलाएको छ । साकिराविरुद्ध कर छलीको मुद्दा सन् २०१८ मा पहिलो पटक चर्चामा आएको थियो।

यस्तो अवस्थामा साकिरा त्यसबेला कहाँ बसेकी थिइन् ? भन्ने पुष्टि हुन बाँकी छ । अभियोजकहरूले कोलम्बियाली पप स्टारले कर छली गरेको आरोप लगाएका छन्। उनले स्पेनमा आफ्नो समय बिताएको तर कर नतिरेको उनीहरुको आरोप छ । 

साकिराको आधिकारिक निवास अझै बहामासमा छ । बहामासमा कर दरहरू स्पेनको तुलनामा धेरै कम छन् ।

यसै क्रममा साकिराले कर अधिकारीहरुमाथि आफ्नो छवि धमिलो पार्ने अभियान चलाएको र स्पेनका अन्य करदाताहरुलाई आफ्नो उदाहरण प्रस्तुत गरेको आरोप लगाएकी छिन् ।

साकिराले गत वर्ष एक अन्तर्वार्तामा यी सबै झुटा आरोप भएको बताएकी थिइन् । समाचार अनुसार बार्सिलोनाको अदालतमा सुरु भएको मुद्दा डिसेम्बर १४ सम्म चल्ने अपेक्षा गरिएको छ, जसमा अदालतले करिब १२० साक्षीहरूको सुनुवाइ गर्नेछ।


Author

थप समाचार
x