कृषि

किसानलाई कृषि सामग्री सहयोग

इकागज |
असार ७, २०७९ मंगलबार १८:२१ बजे

मकवानपुर-  मकवानपुर जिल्ला कैलाश गाउँपालिकाले स्थानीय कृषक समूहका किसानहरूलाई विभिन्‍न कृषि सामग्री वितरण गरेको छ ।

किसानलाई कृषि आधुनिकीकरणतर्फ आकर्षित गर्न र लागत घटाइ उत्पादन बढाउन मिनी ट्रिलर १३ वटा, अदुवा पिस्‍ने मिल ६ वटा, विषादी छर्कने इलेक्ट्रिक पम्प २० वटा र डिजिटल तराजु २ वटा हस्तान्तरण गरिएको हो ।


गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष वालकुमार मल्ल ठकुरीले आज किसानहरूलाई उक्त कृषि सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।

अदुवा पकेट क्षेत्र कार्यक्रम अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत कृषि ज्ञान केन्द्र चितवनले कृषि सामग्रीहरू वितरण गर्न १५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो ।

गाउँपालिकाको ५० प्रतिशत अनुदान र बाँकी किसानले व्यहोर्ने गरी उक्त कृषि सामग्रीहरू वितरण गरिएको गाउँपालिका अध्यक्ष मुक्तानले जानकारी दिए ।
 


Author

थप समाचार
x