प्रवास

युएईको फुजेराहमा ई-पासपोर्ट नविकरण घुम्ती शिविर आयोजना हुने

इकागज |
पुस १९, २०८० बिहीबार १६:९ बजे

काठमाडौँ- संयुक्त अरब ईमिरेट्स (युएई) को फुजेराहमा ई-पासपोर्ट नविकरण घुम्ती शिविर (बुट क्याम्प) आयोजना हुने भएको छ । शिविर आगामी जनवरी १४ तारिख आइतबार दिन संचालन हुने नेपाल एसोसिएसन (एनआरएनए, एनसिसी) युएईका उपाध्यक्ष भिम मल्लले जानकारी दिए ।

नेपाल एसोसिएसन युएईले नेपाली दुतावासको सहकार्यमा ई-राहदानी नविकरणका लागि घुम्ती सेवा गर्ने भएको हो । फुजेराह राज्य युएईको राजधानीआबुधावीबाट झन्डै ३ सय किलोमिटर टाढा उत्तर पूर्वी क्षेत्रमा पर्छ । सो क्षेत्रमा कामगर्ने श्रमिकलाई दुतावास आउन र सेवा लिन असहज हुने भएकाले नेपाल एसोसिएसन युएईको सहयोगमा घुम्ती टोली मार्फत सेवा प्रदान गर्न लागिएको हो ।


‘दुतावास बाट टाढा रहेका श्रमिकको सहजताका लागि दुतावाससँगको सहकार्यमा ‘पासपोर्ट बुट’ क्याम्प सॅगै जनचेतना कार्यक्रम गर्न लागिएको हो’, नेपाल एसोसिएसन युएईका अध्यक्ष विकास शाहीले भने । 


घुम्ती शिविरमा सेवा लिन पहिले नै फारम भरेर आबश्यक कागजात सहित सक्कल पास्पोर्ट लिएर उपस्थित हुनु पर्नेछ ।


Author

थप समाचार
x