प्रवास

राजकुमार खड्काको नेतृत्वमा एनआरएनए एनसीसी जर्मनी गठन

इकागज |
कात्तिक १३, २०८० सोमबार ७:४८ बजे

काठमाडौँ- विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्‌ (एनआरएनए एनसीसी) जर्मनीको १५ सदस्य कार्यसमिति गठन भएको छ । राजकुमार खड्काको अध्यक्षतामा कार्यसमिति गठन भएको हो । खड्काकै कानुनी पहलपछि जर्मनीको २०२१ को गैरकानुनी निर्वाचन अदालतबाट रद्ध भएको थियो। 

अक्टुवर २९, २०२३ मा जर्मनीमा रहेका एनआरएनहरूको भेलाले एनआरएनए एनसीसी जर्मनी गठन गरेको हो । समितिले सदस्यता खुला गरेर नोभेम्बर २०२३ भित्रमा राष्ट्रिय महाधिवेशन सम्पन्न गरि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।


समितिले कानुनविदहरूसँगको सल्लाहमा संस्थाको उपुक्त कानुनी र अन्य गतिविधिका प्रक्रिया पुरा गर्नेसमेत तयारी सुरु गरेको छ । समितिले जर्मनीमा रहेका सम्पूर्ण एनआरएनहरूको प्रतिनिधित्व हुने कुरामा विशेष घ्यान दिने बताएको छ।

कार्यसमितिलाई एनआरएनए आइसीसीको तर्फबाट अध्यक्ष विनोद कुँवर र महासचिव जानकी गुरुङको हस्ताक्षरसहितको मान्यता पत्र तत्कालै पठाइने बताइएको छ ।

गठन गरिएको कार्यसमिति
१ ) राज कुमार खड्का 
२) शिवकला गुरुङ (सानु गुरुङ)
३) अनु शाह 
४) आशिष गुरुङ 
५) सकुन्तला खनाल 
७) मौसम शाक्य 
८) नैनाकला वेलमान
९) लीला गुरुङ 
१०) मिना कार्की 
९) प्रकाश खनाल 
१०) सर्मिला  रोक्का 
११) दीपेश खत्री 
१२) सुजिता श्रेष्ठ 
१३ ) प्रशान्त पोखरेल 
१४ ) पासाङ्ग   शेर्पा 
१५ ) रञ्जिता श्रेष्ठ
 


Author

थप समाचार
x