प्रवास

धाँधलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न सकिँदैन : एनआरएनए असन्तुष्ट पक्ष

इकागज |
कात्तिक ४, २०८० शनिबार २०:७ बजे

काठमाडौँ- ११ औँ महाधिवेशनबाट नेतृत्व चयनमा असन्तुष्ट जनाउँदै अध्यक्ष पदका प्रत्यासी राजेन्द्रकुमार शर्मा र महेशकुमार श्रेष्ठ लगायतले धाँधलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न नसक्ने बताएका छन् ।

शनिबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै उनीहरूले यस्तो बताएका हुन् । उनीहरूले मतपरिणाममा भएको त्रुटीबारे १५ दिनभित्र अनुसन्धान गर्ने सहमति विजयी पक्षले तोडेको बताए । सहमतिविपरीत आजै शपथ ग्रहण गर्नुले धाँधली भएको पुष्टि हुने उनीहरूको आरोप छ ।


पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका उम्मेदवार शर्माले आइटी विज्ञ राखेर निर्णय गरौँला भनेर गरेका सहमति तोड्नुले नै धाँधली भएको स्पष्ट हुने बताए । उनले धाँधली नभएको भए रातारात शपथ खानुपर्ने अवस्था नरहेको बताए । उनले गैर आवासीय नेपाली संघ निष्पक्ष, साझा र सबल हुनुपर्ने बताए ।

अध्यक्षका अर्का प्रत्यासी महेशकुमार श्रेष्ठले सीमित समूहलाई आधिकारिकता दिन हतारमा शपथ ग्रहण गरेको आरोप लगाए । उनले सीमित समूहले केही पनि गर्न नसक्ने भन्दै गैर आवासीय संघ झनै नराम्रो भएको बताए ।

अध्यक्षका प्रत्यासी श्रेष्ठले पदकै लागि जे पनि गर्न नहुने बताए ।

 


Author

थप समाचार
x