प्रवास

एनआरएनए चुनावमा धाँधलीको आरोप : 'सिस्टम ह्याक गरेर केसीले जिते'

इकागज |
कात्तिक ३, २०८० शुक्रबार ७:२ बजे

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा. बद्री केसी विजयी भएको घोषणासँगै तनाव भएको छ । केसीसँग प्रतिस्पर्धा गरेका आरके शर्मा र महेश श्रेष्ठले अनलाइन भोटिङ प्रणाली कब्जामा लिएर चुनावमा धाँधली गरिएको आरोप लगाएका छन् ।

महासचिवका उम्मेदवार डा. केशव पौडेललाई काठमाडौँबाट झरेको मत शून्य देखाएपछि उनीहरूले शंका गरेका हुन् । उक्त मत परिणाम हेर्दा काठमाडौँबाट पौडेल आफैले आफैलाई मत नदिएको परिणाम देखाएको थियो । ताकि काठमाडौँबाट मात्रै ८ सय बढी मत खसेको थियो ।


काठमाडौंबाट झरेको मत शून्य देखाइएपछि उम्मेदवारहरुले मत परिणाममाथि शंका गरेका हुन् । काठमाडौंबाट ८०० भन्दा धेरैले मत खसालेका थिए । उम्मेदवार आफैंले आफैंलाई भोट नहाल्ने अवस्था हुन नसक्ने भन्दै घोषणा गरिएको मत परिणामप्रति आक्रोश व्यक्त भएको हो ।

केसी १३७८ मत ल्याएर विजयी भएको घोषणा गरिएको छ भने आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेको निर्वाचन समितिले घोषणा गरेको छ ।

मत परिणाम घोषणासँगै शर्मा र श्रेष्ठले नतिजा स्वीकार नगर्ने बताएका छन् । उनीहरूले अब कानुनी प्रक्रियामा जाने बताएका छन् ।

'यो निर्वाचन रद्द हुनुपर्छ, त्यति मात्र हैन यसमाथि गम्भीर छानबिन र दोषीलाई कडा कारबाही हुनुपर्छ’ श्रेष्ठले मतदातालाई सम्बोधन गर्दै भने । 

'अब एनआरएनए शून्यमा गयो । परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि मात्र अगाडि बढ्छ । अनलाइन भोटिङ सिस्टम ह्याक गरी मत परिणाम उल्ट्याइयो' शर्माले भने ।

त्यस्तै उपाध्यक्षमा जितेका खगेन्द्र न्यौपानेले निर्वाचनमा धाँधली गरेको आरोप लगाए । उनले जितलाई स्वीकार नगर्ने बताए ।

विजयी उम्मेदवारले कति मत ल्याए ?

६ उपाध्यक्षमा डा. हेमराज शर्मा (२२६५), रोविन शेरचन (२१८०), रामशरण सिमखडा (१५५२), खगेन्द्र न्यौपाने (१३५७), राज रेग्मी (१९००) र डा. विनोद श्रेष्ठ (१५६०) निर्वाचित भए ।

त्यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधानले १९४७ मत प्राप्त गरेर विजयी भइन् । 

युवा उपाध्यक्षमा रोसन थापाले २४६८ मत प्राप्त गरेर विजयी भए ।

महासचिवमा गौरीराज जोशीले २०३७ मत प्राप्त गरेर विजयी भएका छन् ।

उपमहासचिवमा सोम सापकोटा (१७९०) र प्रविन गुरुङ (२१५०) विजयी भएका छन् ।

६ सचिव पदमा भिम केसी कमल (१६७३), डा. ज्ञानेन्द्र रेग्मी (१७८२), मनोज कुमार श्रेष्ठ (२०२४), डा. नवराज रोस्यारा (१८५३), पारमणी पोखरेल (१६५१) र स्वतन्त्र प्रताप शाह (१६६६) विजयी भएका छन् ।

महिला सचिवमा टिक गुरुङ, राधिका (२३२०) विजयी भइन् ।

कोषाध्यक्षमा सुदन थापाले १९१७ मत प्राप्त गरेर विजयी भएका छन् ।

सहकोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सीना (२०१५), अभिमन्यू बस्नेत २०८१) र तिलक प्रसाद गैरे (२२३२) मत प्राप्त गरेर विजयी भए । यस्तै महिला सहकोषाध्यक्षमा अमृत थापाले २२८७ मत प्राप्त गरेर विजयी भइन् । 

अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले २३३६ मत ल्याएर विजयी भइन् ।

युवा संयोजकमा सुपेन्द्र घिसिङले २०३६ मत प्राप्त गरेर विजयी भएका छन् ।


Author

थप समाचार
x