फोटो फिचर

बर्दिया राष्ट्रिय निकुञ्‍जमा बाघको खोजी (फोटोफिचर)

विष्णु विश्‍वकर्मा |
माघ २५, २०७७ बजे

बर्दिया : चितवनपछि बाघ पाइने ठाउँ हो, बर्दिया राष्ट्रिय निकुञ्‍ज । बाघ हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटक बर्दिया पुग्छन् । निकुञ्‍जमा हात्ती, गैँडादेखि धेरै जनावर पाइने भए पनि बाघ हेर्ने पर्यटकको मुख्य धोको हुन्छ ।


तर निकुञ्‍जभित्रै छिरेपनि बाघ देख्‍न भने मुश्किल छ । बाघ हेर्न निकुञ्‍जभित्रका कुना कुना पसे पनि सजिलै बाघ देखिदैन । मानिसहरूको हल्लाले बाघ लुकेर बस्‍ने भएकाले देख्‍न मुश्किल हुने गरेको गाइडहरु बताउँछन् ।

बाघ हेर्नका लागि निकुञ्‍ज छिरेका कतिपय निराश भएर फर्किने गरेका छन् । चितवनपछि बर्दिया सबैभन्दा धेरै बाघ पाइने ठाउँ हो ।



Author
थप समाचार