फोटो फिचर

रुस-युक्रेन युद्ध रोक्न शान्ति समाजको प्रदर्शन [फाेटाे फिचर]

अनुज बज्राचार्य |
फागुन ११, २०७८ बजे

काठमाडौँ : रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न विशेष आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले नेपालस्थित रुसी राजदुतावास वालुबाटार अगाडि प्रदर्शन गरेको छ । 


प्रदर्शनमा सहभागीहरुले रुस युक्रेनमाथि अतिक्रमण बन्द गर, तत्काल सैनिक फिर्ता गर, युद्ध रोक, शान्ति प्रवद्र्धन गर भन्दै ध्यानाकर्षण गराएका थिए । प्रदर्शन पश्चात मानव अधिकार तथा शान्ति समाजका तर्फबाट रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई लेखिएको पत्र नेपालस्थित रुसी राजदुतावासका अधिकारीलाई हस्तान्तरण गरिएको समाजले जनाएको छ ।

प्रदर्शनमा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकारहरु होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रामकृष्ण बरालको सहभागीता रहेको थियो । 

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार